२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


रवि लामिछाने नेतृत्व पार्टी र गठबन्धनको प्रचार-प्रसार टोलीबीच झडप


6.76k
Shares

चितवन । रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनको प्रचार-प्रसार टोलीबीच झडप भएको छ । चुनाव प्रचारको क्रममा कुरिनटार नजिकै सामान्य भनाभनकाे साथै झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रचारकाे क्रममा गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा गाडीको अगाडिको सीसा फुटेको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाले बताउनु भयाे ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले पनि गाडीको अगाडिको सिसा फुटेको पुष्टि गर्नुभयाे । उहाँले भन्नुभयाे,’ रवि लामिछाने नेतृत्व पार्टी र गठबन्धनको प्रचार-प्रसार टोलीबीच सामान्य झडप भएकाे हाे, हामी थप बुझिरहेका छाैँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने सो पार्टीबाट चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । आइतबार मुग्लिन कुरिनटार क्षेत्रमा पार्टीले चुनाव प्रचार र घरदौलो कार्यक्रम राखेको थियो ।