७ असार २०८२, शनिबार | Sat Jun 21 2025


विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै


4.888k
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज आइतबार पाकिस्तान र इंग्ल्यान्ड भिड्दैछन् ।

पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ ।

पाकिस्तान न्युजिल्याण्डलाई तथा इंग्ल्यान्ड भारतलाई हराउँदै फाइनलमा पुगेका थिए ।

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टी–ट्वान्टी विश्वकप जित्ने दाउमा छन् ।

यी दुई टोलीबीच हालसम्म २८ टी–ट्वान्टी खेल भएकामा १८ खेलमा इंग्ल्यान्ड विजेता हुँदा ९ खेलमा पाकिस्तानले जितेको छ । एक खेल भने नतिजा विहीन भएको थियो । दुई देशबीचको पछिल्लो पाँच टी–ट्वान्टी खेलमा ३ खेलमा इंग्ल्यान्ड र २ मा पाकिस्तान विजयी भएको छ ।

पाकिस्तानले सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । यता इंग्ल्यान्डले २०१० को फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।