काठमाडौं, भदौ ७ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिलाहरुले नै बनाएका सरसामानको प्रदर्शनी राजधानीमा सुरु भएको छ ।
यही भदौ १० गतेसम्म चल्ने प्रदर्शनीमा हस्तकलाका सामग्रीहरु, गरगहना, कपडा, खानेकुरा तथा तीज पर्वलक्षित सामग्रीहरु राखिएको छ ।
उपत्यकाबाहिरका विभिन्न जिल्लाका महिला व्यवसायीहरुले प्रदर्शनीमा सामग्री राखेका छन् ।
५० हजार मानिसले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्