
फाइल तस्बिर
काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि विजेता नेपाली टोली शनिबार स्वदेश फर्किएको छ ।
उपाधि विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपालले अपराजित रहदै उपाधि जितेको थियो ।
ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा नेपालले ४ खेलमा १० अंक जोडेको थियो । बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटान अंक विहीन रहदै घर फर्कियो ।
महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । यसअघि नेपाली महिला टोलीले उमेर समूह या सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा उपाधि जित्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्