
काठमाडौं, भदौ ७ । संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।
परिषद्को बिहीबारको बैठकले सो सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
परिषद्ले गरेको सिफारिसका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । रासस
प्रतिक्रिया दिनुहोस्