
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुनेछ । साथै हिमाली भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।
शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुने भएकाे छ ।
त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्