Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


अर्घाखाँचीबाट दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा


377
Shares

काठमाडाैं । अर्घाखाँचीबाट भारतको नयाँ दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा आएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको कामना बस सेवाको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

सेवा सञ्चालनसंगै जिल्लाबाट दिल्ली जाने यात्रुका लागि कृष्णनगर र सुनौली गएर अन्य बस खोज्नु पर्ने झन्झटको अन्त्य भएको उहाँले बताउनुभयो ।

बस सेवा हप्तामा तीन दिन सञ्चालन हुने पश्चिम नेपाल बस व्यवसायी प्रालि अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।