२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


निर्वाचनलाई स्वच्छ बनाउन आयोगलाई पूर्वमन्त्री आचार्यकाे आग्रह


156
Shares

काठमाडौं । पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभाव बिना मतदान गरेको अनुभुति गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डको रुपमा प्रस्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले मतपेटिकाको सुरक्षाका लागि शतर्कता आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्री आचार्यले नागरिकहरूको सजगता र शतर्कताले आयोगलाई पनि सजग र शतर्क हुन मद्दत गर्ने बताउनुभयो । उहाँले निर्वाचनको मौन अवधिमा बद्मासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचन सम्बन्धी कानून बनाउनुपर्ने बताउनुभयो । उहाँले आचारसंहीतामा कतिपय कुराहरू अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने बताउनु भएको छ ।