
कञ्चनपुर । निर्मला पन्त हत्याको विरोधमा चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर चार जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।
बालिका पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरका स्थानीयले आज विहानै देखि प्रदर्शनलाई जारी राखेका छन् ।
सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको छ । स्थानीयले टायर बालेर ठाउँ ठाउँमा सडक अबरुद्व पारेका छन् ।
प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार प्रहरीले बल प्रयोग गरेको थियो ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कदैं गएपछि कैलालीबाट थप प्रहरी झिकाइएको छ ।
प्रतिक्रिया दिनुहोस्