काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटमा अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिडिरहेका छन् ।
अष्ट्रेलियाको एडलेडमा जारी खेलमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले व्याटिङ गरिरहेको छ ।
यो खेल जित्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ ।
आज आइतबार नै बिहान पौने १० बजे सोही मैदानमा हुने खेलमा पाकिस्तान र बंगलादेश भिड्नेछन् । यसैगरी दिउँसो पौने दुई बजे मेलबर्नमा भारतले जिम्बाबेसँग खेल्नेछ ।
आजका खेलहरुपछि विश्वकप क्रिकेटको सुपर १२ चरणको समुह दुई बाट सेमिफाइनलमा पुग्ने दुई टोलीहरुको टुंगो लाग्नेछ ।
समुहमा एक खेल बाँकी छँदा ६ अंकसहित भारत शिर्ष स्थानमा रहँदा ५ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको ४–४ अंक छ । सुपर १२ को समुह एकबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्