Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट सेमिफाइनलमा प्रवेश


1.1k
Shares

काठमाडाैं । इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।

श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा एलेक्स हालेसले ४७ रनको योगदान दिए ।

श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले । इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । यस जितसँगै इंग्ल्यान्डले समूह १ बाट सेमिफाइनलमा स्थान बनाएको हो ।

इंग्ल्यान्डले ५ खेलमा ७ अंक जोड्यो । इंग्ल्यान्डको जितसँगै अष्ट्रेलिया पनि बाहिरिएको छ ।यस्तै यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत बाहिरिएका छन ।

इंग्ल्यान्डले ५ खेलमा ७ अंक जोड्यो । इंग्ल्यान्डको जितसँगै अष्ट्रेलिया पनि बाहिरिएको छ ।यस्तै यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत बाहिरिएका छन ।