
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दावी गर्नुभएको छ ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने समेत उहाँले बताउनुभएकाे छ। देशलाई बर्बादी हुन नदिन पनि निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे,- ‘त्यस्तो दिशाहिन अन्यौल त्यस्तो सरकार बनाएर देशलाई बर्बाद पार्ने कि एउटा सुदृढ, भिजन, मिसन, उदेश्य, गोलसहितको डेष्टिनेशन यो हो भनेर तोकिएको र शब्द जाल होइन् । ठोस गन्तव्यमा पुग्ने, त्यो गन्तव्यमा पुग्ने मार्गचित्र, त्यसका निम्तिका नीतिहरु, कार्यक्रमसहितको, हाम्रा छिमेक सम्बन्ध, हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय हितलाई केन्द्र भागमा र सर्वोपरी राखेर न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई समेत ध्यानमा राखेर सार्वभौम समानताका आधारमा छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध अंगीकार गर्ने गरी हामी अहिले संविधान ल्याएपछिको दोस्रो निर्वाचनमा छौं । ’
प्रतिक्रिया दिनुहोस्