Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


आईसीसी टी–ट्वान्टी विश्वकप : न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गर्‍याे


2k
Shares

काठमाडाैं । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत आज अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रनको योगफल खडा गर्न नसकेपछि न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

न्युजिल्याण्डले लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्याण्डले आज भएको खेलमा आयरल्याण्डलाई ३५ रनले हराउँदै तेस्रो जित निकालेको थियो । न्युजिल्याण्ड समूह १ को शीर्ष स्थानमा रहेको छ । न्युजिल्याण्डले ५ खेलबाट ७ अंक जोडेको छ ।

आजै भएको अर्को खेलमा घरेलु टोली अष्ट्रेलियाले अफगानिस्तानमाथि ४ रनको रोमाञ्चक जित निकालेको छ । अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै ४८ रन बनाए ।

अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । तर, अष्ट्रेलियाको सेमिफाइनल यात्रा श्रीलंका र इंग्ल्यान्डबीचको खेलले निर्धारण गर्नेछ । समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेको छ ।