८ असार २०८२, आइतबार | Sun Jun 22 2025


परराष्ट्रकी शाखा अधिकृत आस्थाकाे मोटरसाइकलको ठक्करबाट मृत्यु


3.146k
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

उपचारको लागि उहाँलाई काठमाडौं मोडल अस्पताल लगिएको थियो। र उपचारका क्रममा उहाको मुत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । २०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन् । सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

सुब्बाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा रहेका छन्।