Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


आईपीओमा दश प्रतिशत आरक्षण लागू


286
Shares

काठमाडाैं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू भएको छ।

धितोपत्र बोर्डले आज धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागु गर्दै आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको हो । सरकारले चालु आर्थिक बर्षको बजेटमा नै यो कार्यक्रम घोषणा गरेको थियो ।

अब संगठित संस्थाले सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याउने पर्नेछ । यसरी छुट्याइएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नुअगावै १५ दिनको अवधि तोकी आह्वानपत्र प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता मार्फत भुक्तानी गर्नु पर्ने छ ।

यसरी आवेदन दिन बचत खातामा पछिल्लो ६ महिनामा कम्तिमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आपूm रोजगार रहेको मुलुकबाट जम्मा गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ । यसरी आवेदन दिएकाहरुले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भने भर्न पाउने छैनन् ।