स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ


312
Shares

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको ५ लाख ५२ हजार आठसय भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १, मिडियाचोक घर भएका ३९ वर्षीय मुक्ति खनाल रहेका छन् ।

विशेष सूचनाका आधारमा यशोधरा गाउँपालिका वार्ड नम्बर ७ मर्यादपुरबाट खटिएको प्रहरी टोलीले लु १६ प ४११७ नम्बरको मोटरसाइकलसहित बुधबार बिहान ८ बजे उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागी राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयाे।