२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यकः राजेन्द्र बजगाई


65
Shares

काठमाडाैं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको बताउनुभएकाे छ ।

उहाँले नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताउनुभएको हाे । आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता बजगाईले दलका प्रतिनिधित्वहरूले काम गर्न सकेनन् भन्ने जनआवाज उठिरहेको र अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताउनुभयो ।

नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहररूले नै एकअर्कालाई स्वीकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दावी गर्दै गठबन्धनका उम्मेदवारहरुलाई धेरै भन्दा धेरै मत दिएर जिताउन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा गठबन्धनका नेताहरूबाट नै विकासका कार्यक्रमहरूले गति लिने दावी गर्नुभयो । उहाँले गोरखाको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको बताउनुभयो । नेता बजगाईले गठबन्धनले नै संविधान र जनताको हकहितको सुरक्षा गर्ने बताउनुभयो ।