२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


नुवाकोटमा घरदैलो कार्यक्रम तीव्र


156
Shares

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ को चुनाव पनि यस पटक रोचक हुने देखिएको छ ।

नुवाकोट–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी उम्मेदवार हुनुहुन्छ । साथै प्रदेश (क) मा नेकपा माओवादीका रामप्रसाद ढुंगाना र प्रदेश (ख) मा नेपाली कांग्रेसका बहादुरसिंह तामाङ चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेकातर्फबाट प्रतिनिधिसभामा नारायणप्रसाद खतिवडा र प्रदेश (क) मा सुशील कुमार खतिवडा र (ख) बाट पूर्णलाल श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

गठबन्धन र एमालेका उम्मेदवारले चुनाव नजिकीएसँगै घरदैलो कार्यक्रमलाई पनि तीव्र बनाएका छन् । आफ्नो क्षेत्रका विभिन्न गाउँ र बस्तीका जनतासामु विभिन्न एजेण्डा लिएर भोट माग्न ब्यस्त भएका छन् । जनताका सबै समस्या सुनेर त्यसको पूर्ण समाधान गर्ने योजनासहित उनीहरु जनतासामु पुगेका हुन् । क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ केसीले खतिवडालाई चुनौती दिदै हुनुहुन्छ । त्यसैले पनि पुराना नेता केसी र खतिवडाबीच यस पटक भने कडा प्रतिस्पर्धा हुने देखिएकाे छ ।