
एजेन्सी । भारतीय अभिनेत्री तथा फिल्ममेकर पूजा भट्ट बुधबार राहुल गान्धीसँगै हैदराबादको ‘भारत जोडो यात्रा’ मा सामेल भएकी छन् ।
पूजा भट्टको यो अभियानमा सामेल भएपछि सामाजिक सञ्जालमा उनको भारतीय कंग्रेस प्रवेशको अड्कलबाजी भइरहेको छ । भट्ट ‘भारत जोडो यात्रा’ मा सामेल हुने पहिलो बलिउड अभिनेत्री हुन् ।
उनीहरू यात्रामा सँगै हिँडेका थिए र धेरै विषयमा छलफल पनि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कंग्रेसले पूजा भट्ट र राहुल गान्धीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘हरेक दिन नयाँ इतिहास रच्दैछ, देशमा प्रेम गर्नेहरूको संख्या बढिरहेको छ ।’
अभिनेत्री पूजाले पनि यस कुरालाई पुष्टि गर्दै १०.५ किलोमिटर हिँडेको बताएकी छन् ।
त्यस्तै, ‘भारत जोडो यात्रा’मा तमिल, तेलुगु फिल्मकी अर्की अभिनेत्री पूनम कौर र राहुल गान्धीको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा दुवैले एकअर्काको हात समातेको देखिएका छन् । यो तस्बिर पोष्ट गर्दै कर्नाटक बीजेपी नेतृ प्रीति गान्धीले लेखेकी छिन्, ‘आफ्ना हजुरबुवाको पाइला पछ्याउँदै ।’
‘भारत जोडो यात्रा’ ले कुल ५६ दिन पूरा गरेको छ । यात्रा ७ सेप्टेम्बर २०२२ मा तमिलनाडुको कन्याकुमारीबाट सुरु भयो । तेलंगाना अघि, कंग्रेस कार्यकर्ताहरूले केरला, तमिलनाडु, कर्नाटक र आन्ध्र प्रदेश जस्ता राज्यहरू कभर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्