Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


कमल, राजेन्द्र, उपेन्द्र र एकनाथसँग एमालेको साँठगाँठको औचित्य छैन : भीम रावल


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमालेले मंगलबार जारी गरेको घोषणा पत्रमाथि प्रश्न उठाउनु भएकाे छ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा एमालेले गरेका गठबन्धन कुन नीति, सिद्धान्त तथा गन्तव्यले पुष्टि गर्छन् भन्दै प्रश्न उठाउनु भएकाे हाे।

उहाँले एमालेले आज जारी गरेको घोषणा पत्रमा लेखेको विषयमाथि पनि प्रश्न उठाउनु भएकाे हाे।

‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्,’ उहाँले ट्विटरमा उल्लेख गर्नुभएकाे छ ।