८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


चलचित्र ‘बगान’को प्रदर्शन मिति सहित ‘उडी छुनु छ आकाश’ गीत सार्वजनिक


1.3k
Shares

काठमाडौं । चलचित्र ‘बगान’को प्रदर्शन मिति सहित ‘उडी छुनु छ आकाश’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आगामी फागुन १२ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीत मार्फत एकल महिलाको आकाश छुने सपनालाई व्यक्त गरिएको छ ।

अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको फिचर चलचित्रमा करिश्मा मानन्धर,नीर शाह, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुषाल र नव-कलाकार प्रमिला कार्की लगायतको अभिनय रहेको छ भने अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् ।

सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द रचना र हरी लम्सालको संगीत रहेको छ । जसलाई गायिका बानिका प्रधानले गायकी छन् । गीतमा समावेश दृश्यहरूमा करिश्मा र प्रमिला आमा-छोरीको रुपमा प्रस्तुत छन् ।

चलचित्रमा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन रहेको छ ।

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको यस चलचित्रले एकल महिलाको कथालाई उठाएको छ ।