१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


संविधान संशोधन र कार्यकर्ताको मुद्दा फिर्ता लिए मात्र सरकारमाः राजेन्द्र महतो


0
Shares

विराटनगर, जेठ २७ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता नभएसम्म राजपा सरकारमा नजाने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीसँग महतोले आफ्नो पार्टीले भनेका केही कुरा प्रष्ट पारेपछि मात्रै सरकारमा जाने नजाने भन्नेमा निर्णय लिने बताए ।

६ महिने मधेश आन्दोलनको उपलब्धी २ नम्बर प्रदेशको सरकार भएकाले आफूहरुको समर्थन उक्त सरकारलाई रहेको बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा भइरहेको बहस संसदमा आए उपयुक्त निर्णय लिने पनि महतोको भनाइ थियो ।