भारती र हर्षविरुद्धकाे लागुऔषध मुद्दाले लियाे नयाँ माेड, २ सय पृष्ठको आरोप-पत्र दायर « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


भारती र हर्षविरुद्धकाे लागुऔषध मुद्दाले लियाे नयाँ माेड, २ सय पृष्ठको आरोप-पत्र दायर


2.249k
Shares

एजेन्सी । भारतीय हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाविरुद्धकाे लागुऔषध मुद्दाले नयाँ माेड लिएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार एनसीबीले भारती र हर्षविरुद्ध लागुऔषध मुद्दामा २ सय पृष्ठको आरोप-पत्र दर्ता गरेको छ ।

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि, एनसीबीले थुप्रै कलाकारहरूलाई निगरानीमा राखेको थियो । सन् २०२० मा यस अनुसन्धानका क्रममा धेरै कलाकारहरूको नाम पनि खुलासा भएको थियो । जसमा कमेडियन भारती र हर्षको नाम पनि समावेश थियो ।

त्यस समय एनसीबीले भारती र हर्षको घर र अफिसमा छापा मारेको थियो । त्यस क्रममा एनसीबी टोलीले उनीहरूको अफिसबाट लागुऔषध बरामद गरेकाे थियाे । त्यसपछि भारती र हर्षलाई न्यायिक हिरासतमा राखिएको थियो। तर, उनीहरूले धरौटी बापतकाे रकम बुझाएपछि जिल्ला अदालतले छाेड्ने आदेश दिएकाे थियाे । अब पुनः उनीहरूमाथि आरोपपत्र दर्ता भएको छ ।

सुशान्तको मृत्यु भएपछि यस मामिलामा रिया चक्रवर्ती बाहेक उनका भाइ शौविक, भारती र हर्षदेखि श्रद्धा कपूर, सारा अली खान, दीपिका पादुकोण र रकुल प्रीत जस्ता अभिनेत्रीहरूलाई पनि एनसीबीले सोधपुछकाे लागि बाेलाएकाे थियाे ।