१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


चुनावकाे भाषण मात्र बन्याे महाकाली पुल


39
Shares

डडेल्धुरा । डडेल्धुराबासीले सिमावर्ती नदी महाकालीमा पुल नबन्दा सास्ती भोगिरहेका छन । पक्की पुल बनाउने कुरा चलेको तीन दशक बितिसक्दा समेत पुल बन्ने छाँटकाँट छैन ।

स्थानीयहरु महाकालीमा अहिले पनि टायर र ट्युब मार्फत नदी वारपार गर्नु पर्ने बाध्यतामा छन् । दुवै देशको सहमतिमा सञ्चालन गरिएको डुंगा पनि बन्द भएको छ । उपभोग्य सामाग्री खरीदका लागि छिमेकी बजार जान समस्या भएको स्थानीयहरुको गुनासो छ ।

पर्शुराम नगरपालिकाको परिगाउँ र महाकाली नदी क्षेत्रका जनतालाई शुद्ध पिउने पानी, धान गहुँका उत्पादनका लागि उर्बर भुमिमा सिंचाईको समेत असुबिधा छ ।

जिल्लाको आधा जनसंख्या रहेको भित्रिमधेशको पर्शुराम क्षेत्रमा सिमावर्ती नदी महाकालीमा वर्षेनी बढ्ने पानीको सतहका कारण स्थानीयलाई आवत जावत गर्न समस्या हुदै आएको छ । तर जब चुनाव आउँछ त्यसपछि भने पुल बनाईहाल्ने जस्तो गरी आश्वासन नेताहरुले दिने गर्दछन् ।