
तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टरमा सुन्तला खेती गरिएकाे छ । जिल्लाका ६ वटै पालिकाका ग्रामिण क्षेत्रमा किसानहरुले सुन्तला खेती गर्दै आएका हुन् ।
तेह्रथुममा वार्षिक ३ हजार ८ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलना यो वर्ष १३ मेट्रिक टन उत्पादन वृद्धि हुने पनि ज्ञान केन्द्रले जनाएको छ ।
आठराई गाउँपालिकामा सबैभन्दा बढी उत्पादन हुँदै आएको छ । नयाँ बगैचा विस्तारका साथै ओसिलो क्षेत्रमा बगान रहेकाले सो पालिकामा अन्य क्षेत्रमा भन्दा बढी हुँदै आएको हो ।
यस्तै सबैभन्दा कम उत्पादन छथर गाउँपालिकामा हुने गरेको छ । पुराना बगैंचाहरुको व्यावस्थापनमा बेवास्ता, रोग किराको संक्रमण र आवश्यकता अनुसार सिँचाईको अभाव भएका क्षेत्रमा उत्पादन कम हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्