
एजेन्सी । लगातार वर्षाका कारण आईसीसी टी–ट्वन्टी विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्ध भएको हो ।
खेल सुरु हुनु अगावै वर्षा सुरु भएपछि दवै टोलीले एक/एक अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण अंक बाँड्नु परेको यो दोस्रो खेल हो । यसअघि जिम्बावे र दक्षिण अफ्रिकाबीचको खेल पनि पूरा हुन नपाउँदा रद्ध भएको थियो ।
हिजाेको अर्को खेल पनि वर्षाले प्रभावित भएपछि आयरल्याण्डले इंग्ल्याण्डलाई डकवर्थ लेविस पद्दती अनुसार ५ रनले हराएको छ ।
विश्वकप टि ट्वेन्टी क्रिकेटमा आज तीन खेल हुनेछन् । सिड्नीमा बिहान पौने ९ बजे सुरु हुने खेलमा दक्षिण अफ्रिका र बंगलादेश भिड्नेछन् । सोही मैदानमा दिउसा पौने १ बजे भारतले नेदरल्यान्ड्ससँग खेल्नेछ । आजको अन्तिम खेल पर्थमा साँझ पौने ५ बजे पाकिस्तान र जिम्बावेबीच हुनेछ ।








प्रतिक्रिया दिनुहोस्