Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि : ओनसरी घर्ती


0
Shares

नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ ।

बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताउनुभएको हो । उहाँले अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताउनु भयो ।

उहाँले विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आज तपाईहरुको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु छैन । हामीले भनेको जस्तो देश भएको छ्रैन होला । तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडी बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ । सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो । देशको कानून बनाउने काम हो । धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन् । मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफुले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु ।’

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानून बनाउने बताउनु भयो ।