Logo ३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025


अर्घाखाँचीमा म्यादी प्रहरी परिचालन


104
Shares

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले अर्घाखाँचीको निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीलाई इमान्दारीतापूर्वक लाग्न निर्देशन दिनु भएको छ ।

उहाँले कुनै राजनीतिकक आग्रह वा पूर्वाग्रह नराखी सुरक्षामा खटिन र आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । सदरमुकाम सन्धिखर्कमा १० दिन सम्मको तालिम दिएपछि निर्वाचन लक्षित सुरक्षामा खटाइएको हो ।

६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीमा १ हजार १ म्यादी प्रहरी निर्वाचनका खटिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।