Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक


286
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा नेपालको सम्पति र पुँजीलाई विदेशमा लान नपाउने ऐन, कानून तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै, अपराधीहरुको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरुलाई कानून उल्लंघन गरेको अपराध मानि दण्ड, जरिवाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ ।

घोषणापत्रको सारसंक्षेप प्रश्तुत गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई कडा सजायका साथमा ठेक्काबाट वञ्चित गर्ने ऐन, कानून बनाउन आफ्ना प्रतिनिधिहरुले संसदबाट आवाज उठाउने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको बजेट बढाउनका लागि पनि आवाज उठाउने उल्लेख गर्नुभयो । त्यस्तै मल, कारखाना खोल्ने, नहर र पानी पोखरीहरु बनाई सिंचाईको बन्दोबस्त गर्न सबै जिल्लामा कृषि विकास बारे योजना तत्काल सुरु गराउन आफूहरुले संघर्ष गर्ने पनि उहाँले बताउनुभयो ।

नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ । सचिव सुवालले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको खण्डमा संघीयताको आवश्यता नरहेको कुरामा नेमकिपाको अडान रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफ्नो पार्टीलाई जिताएर संसदमा पु¥याएमा प्रखर प्रतिपक्षको भुमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्ने बताउनुभयो । त्यस्तै, एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेज गराउन आवाज उठाउने बताउनुभयो । नागरिकता विधेयक पनि खारेज गराउन पहल गर्ने उहाँले बताउनुभयो । माध्यामिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन भुमिका खेल्ने पनि उहाँले ताउनुभयो ।

आफूहरुले किसान, मजदुर र कामदार वर्गको हितमा कानून बनाउने पनि उहाँले उल्लेख गर्नुभयो ।

Skip This