हिमाल आरोहणका लागि १२ सय ३८ जनाले पाए अनुमति, सबैभन्दा बढी अमेरिकी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


हिमाल आरोहणका लागि १२ सय ३८ जनाले पाए अनुमति, सबैभन्दा बढी अमेरिकी


286
Shares

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणको लागि १२ सय ३८ जनालाई अनुमति दिएको छ ।

विभागले शरद ऋतुमा हिमाल आरोहणका लागि देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १२ सय ३८ आरोहीहरुलाई अनुमति दिएको हो ।

हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन् । कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन् ।

दोस्रोमा अमादब्लाम हिमाल रहेको छ । उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ । त्यस्तै, एक सय भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ ।

जसमा १५६ जनाले अनुमति पाएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन् । बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायतका १०३, जर्मनीका ७७ र स्पेन ७५ जना आरोहीले आरोहणको अनुमति पाएका छन् ।