पुष्प र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


पुष्प र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक


429
Shares

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ ।

तिहारको अवसर पारेर आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो भने सोमबार बोधी एचडी यूट्युब च्यानलबाट चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘रुमाल बाटेर टाई बनाम’ बोलको गीतमा चलचित्रका अभिनेता पुष्प, सन्दिप क्षेत्री र अभिनेत्री साम्राज्ञीले आकर्षक नृत्य गरेका छन् । गीतमा उनीहरूको केमेस्ट्री सुहाएको देखिन्छ । चलचित्रको उक्त गीतमा जगदिश समाल र मेलिना राईको स्वर रहेको छ । गीतको शब्द वि पाण्डेले लेखेका हुन् भने सुभाष भुषालको संगीत दिएका छन् ।

निर्माता रमेश एम के पौडेलले यस चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ । यस चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनालको अभिनय रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् ।

आगामी पुष २९ गतेबाट चलचित्र नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।