अमेरिकी विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


अमेरिकी विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु


0
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यकाे विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु भएकाे छ ।

सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको हाे ।

गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको थियाे । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो ।