२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


तेस्रो ज्ञान महोत्सव सुरु


0
Shares

काठमाडौं, भदौ ६ । तमाङ पहिचान दिवसको पारेर बुधबारदेखि राजधानीमा तेस्रो ज्ञान महोत्सवको आयोजना गरिएको छ ।

दुई दिनसम्म चल्ने महोत्सवमा तामाङ समुदायको इतिहास, संस्कृति, धर्म, भाषा र लिपि तथा मनोरन्जनसम्बन्धी २८ ओटा कार्यपत्र प्रस्तुत् हुने जनाइएको छ ।

महोत्सवमा तामाङ समुदायको मौलिक बाजाहरुको प्रदर्शनीसमेत गरिएको छ ।

उद्घाटन कार्यक्रममा तामाङ पचिानका लागि महत्वपूर्ण भूमिका खेल्ने १६ जनाका विभिन्न कृतिको विमोचनसमेत गरिएको थियो ।

तमाङ समुदायको वैज्ञानिक अध्ययन, अनुसन्धानमार्फत् प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको भाषाविद् अमृत योञ्जनले बताए ।

वि. सं. १९८९ भदौ ६ गते तत्कालीन राणा प्रधानमन्त्री भीमशमशेरले तामाङ पहिचान लेख्न पाउने अधिकार दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।