
काठमाडौं । बारामा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ ।
मोटरसाइकलका पार्टपुर्जा खोलेर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका–८ का २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा प्रहरीले विभिन्न मिति र विभिन्न स्थानबाट ५ थान मोटरसाइकल र अन्य २ जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनागपुर का २० वर्षीय राकेश प्रसाद यादव र बाराकै बारागढी गाउँपालिका ४ का २४ वर्षीय रामकिशोर हजरा रहेका छन् ।
पक्राउ परेकाहरु विरुद्ध चोरी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्