Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


टी–ट्वान्टी विश्वकप : श्रीलंकाकाे सहज जित


507
Shares

एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा श्रीलंका विजयी भएको छ। होवार्टमा आईतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रनको अर्धशतकिय पारी खेले । धनन्जय डि सिल्भा र चरिथा असलंकाले समान ३१÷३१ रन बनाए । आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन जोडे भने पल स्टर्लिङले २५ बलमा ३४ रन बनाए । जर्ज डिकरेलले १४ तथा लुर्कन टुर्करले १० रन बनाएका पनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि महेश तिक्षणा र वानिन्दु हसरंगाले २÷२ तथा विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनन्जय डि सिल्भाले समान १÷१ विकेट लिए । सुपर १२ मा पहिलो जितसँगै श्रीलंका समूह एकको दोस्रो स्थानमा उक्लिएको छ । हार पश्चात आयरल्याण्ड भने समूह एकको पाँचौं स्थानमा रहेको छ ।