काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
काठमाडाैं आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्देशन समेत दिनुभयो । उहाँले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत र साधनको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री खाँणले आगामी दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने विश्वास व्यक्त गर्नुभयो ।




प्रतिक्रिया दिनुहोस्