२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


देशका केही भागमा हल्का वर्षाको सम्भावना


117
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (आइतबार) सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू-भाग र प्रदेश-१ काे तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यता सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

आइतबार दिउँसो भने प्रदेश-१ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ का केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । 

आइतबार राति भने प्रदेश-१ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ का केही स्थानमा हल्का वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।