Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको राप्रपा अध्यक्ष लिङ्देनकाे दाबी


949
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गर्नुभएको छ ।

राप्रपाले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङदेनले समानुपातिक सांसद पदका लागि आफुले कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर चयन नगरेको तर अन्य राजनीतिक दलहरुले भने सांसद पद बेचेको दाबी गर्नुभयो ।

उहाँले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको भन्दै अहिले पद नपाउनेहरुको पालो आउने आश्वासन दिनुभयो

पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरुलाई गलत दिशामा जान रोक्ने दाबी गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनु भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका शीर्ष नेताहरुलाई सच्याउन आफ्नो पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने जिकीर गर्नुभयो ।