काठमाडौं, भदौ ६ । सैनिक कल्याणकारी कोषका निर्देशक रघु भण्डारीले कोषको सीमित आयस्रोत चुनौती बनेकाले लगानीमैत्री र आयमूलक स्रोतको पहिचान गरी लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी कोषको गतिविधिबारे जानकारी दिँदै उनले कोषको वार्षिक खर्च ४ अर्ब रुपैयाँभन्दा धेरै रहेकाले नेपाल सरकारको योगदान पनि जरुरी रहेको बताए ।
उहाँले कोषबाट सन्चालित शैक्षिक संस्थाहरुका साथै सैनिक अस्पतालका लागि सरकारबाट अनुदान प्राप्त हुने व्यवस्था मिलाउने बताए ।
खर्चभार कम गर्ने उद्देश्यले बुटवलको अमरपथ र काठमाडौंको महाँकालमा निर्माणाधीन भवन व्यापारिक प्रयोजनमा ल्याउन लागिएको उनको भनाइ थियो ।
आर्थिक वर्ष २०७४/०७५ मा कोषले स्वास्थ्य सेवामा करिब ८० करोड र निवृत्तिभरणमा ३२ करोड ३१ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्