१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


विज्ञापन एजेन्सीको नयाँ संगठन स्थापना


442
Shares

काठमाडौं । विज्ञापन एजेन्सीहरुको नयाँ संगठन स्थापना भएको छ ।

विज्ञापन व्यवसायको प्रवद्र्धन गर्दै राष्ट्रलाई सेवा प्रदान गर्ने उद्देश्य सहित राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) स्थापना गरिएको जनाइएको छ ।

विज्ञापनदाता, सञ्चारमाध्यम, र उपभोक्ताबीच समन्वय गरी मध्यस्थताको रुपमा काम गर्दै प्रचार प्रसारसंग सम्बन्धित व्यवसायी (विज्ञापन एजेन्जी)लाई एकतावद्ध गरी व्यवसायिक हकहितको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले संघ स्थापना गरिएको शुक्रबार आयोजित घोषणा कार्यक्रममा जानकारी गराइयो ।

देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एकीकृत गरेर सबैका हितका लागि सहकार्य गर्ने उद्देश्यले नानको अवधारणा आएको महासचिव आशिष खड्काले बताउनुभयो ।

स्थापनाकालमै ६७ वटा एजेन्सीहरु स्वतःस्फूर्त रुपमा जोडिइसकेको यस संघले पहुँच नपुगेका दूरदराजमा रहेका एजेन्सीहरुलाई पनि आवद्ध गराई उनीहरुको व्यवसायिक क्षमता अभिबृद्धिका कार्यक्रम अगाडि बढाउने संघले जनाएको छ ।