नवलपुर, भदौ ६ । नवलपुरमा युरिया मलको अभाव देखिएको छ ।
मल अभाव भएपछि जिल्लाका कृषकले समयमा धानमा मल हाल्न नपाएको गुनासो गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड नवलपुर उपशाखाका प्रबन्धक रेवतीरमण लम्सालले तीन दिनदेखि युरिया मलको अभाव भएको जानकारी दिए ।
भन्डारण गरिएको मलसमेत सकिएपछि अभाव भएको र अब साता दिनभित्र मल आइपुग्ने उनले बताए ।
जिल्लामा एक हजार क्विन्टल मल आयात भएमात्र पर्याप्त हुने बताइएको छ ।
यद्यपि, जिल्लामा युरिया मलबाहेक पोटास, डीएपी मलको भने अभाव देखिएको छैन ।









प्रतिक्रिया दिनुहोस्