२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना


39
Shares

काठमाडौं । हाल देशका पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ ।

आज (बुधबार) बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी स्थानहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार राति भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा भएको महाशाखाले जनाएको छ ।