२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


थप ४६ जना कोरोना संक्रमण


260
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय १० जनाको नमूना परीक्षण गरिएको थियो ।

८ सय ३५ जनाको पीसीआर र ६ सय ७५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।