२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


देशका केही भागमा हल्का वर्षाको सम्भावना


91
Shares

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् ।

आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरुमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार राति भने गण्डकी प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने भएको महाशाखाले जनाएको छ ।