
बुटवल । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट बलात्कार, लागुऔषध र चाेरी मुद्दाका पाँच किशोर भागेका छन् ।
बालसुधार गृहका अनुसार नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक/एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेका हुन् ।
भागेकामध्ये ३ जना बलात्कार, एक जना चोरी र एक जना लागुऔषध मुद्दामा अभियोग प्रमाणित भई सजाय काटिरहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।
उनीहरु भान्साको झ्यालको डण्डी काटेर भागेकाे अनुसन्धानबाट खुलेकाे छ । ५ वर्षअघि निर्माण भएको बालसुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ ।
६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ । फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्