
दाङ। दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना किशाेर किशाेरीकाे शव फेला परेको छ ।
तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका एक किशाेर र किशाेरीकाे शव गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।
तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षीय किशाेर शरद आर्चाय र १४ वर्षीया किशाेरी रोशनी महतारालाई आइतबार(आज) जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
दुवै जनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाँङले जनाएकाे छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन गरेपछि पहिचान खुलेको हो ।
शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको उहाँले बताउनुभयो । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्