काठमाडाैँ । उपचारका क्रममा आज बिहान निधन भएका वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ ।
जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय भएको बताइएको छ । ललितपुर महानगर परिसरमा शोक सलामीका लागि तयारी गरिएको जनाइएको छ ।
शोक सलामी दिएर जोशीको शव ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ । जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको हो ।
उहाँको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालले जनाएको छ । जोशीले यसअघि आफ्नो शरीर उक्त अस्पताललाई दान गर्ने घोषणा गर्नुभएको थियो ।




प्रतिक्रिया दिनुहोस्