२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भायानेट कम्युनिकेसन २३ वर्ष पूरा


247
Shares

काठमाण्डौं । नेपालको सबै भन्दा ठूलो इन्टरनेट र टिभी सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसन सञ्चालन भएकाे २३ वर्ष पूरा भएकाे छ ।

भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापना भएको थियो । साेही अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित गरेकाे छ । सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बनेकाे थियाे ।

यसरी भायानेट कुनै पनि स्यरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेटमार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी समेत सफल भयाे । त्यसैगरी सन् २०१६ मा भायानेट आईपीटीभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनी मध्येकाे एक बनी नेपाली ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघाएकाे थियाे ।

अहिले याे कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरु माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको छ। भायानेटले आफ्नो अल्ट्रा-फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आईरहेको छ । भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टिभीले सस्तो दरमा १ सय ७५ं टिभी च्यानलहरू उपलब्ध गराउँदै आएको छ।

साेही कम्पनीले भर्खरै भाया टिभीलाई भाया टिभी २.० मा अपग्रेड गरी अलग-अलग दर्शक प्रोफाइलहरू, पिक्चर-इन-पिक्चर मोड, पे-पर-भिउ लगायतका आधुनिक फिचरहरू लिएर आएको छ। आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस यात्रालाई स्मरणीय र रोचक बनाउन हरदम साथ दिएकोमा आफ्ना सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र अन्य सरोकारवालाहरूलाई धन्यवाद समेत दिएको छ।

भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी, अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन, सेवाहरूलाई अझ बढी व्यवस्थित र विस्तारित गराउने उद्देश्य समेत राखेको छ ।