संखुवासभाकाे गुफापोखरीलाई मुन्धुमी पर्यटकीय मार्गको रूपमा विकास गरिने « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


संखुवासभाकाे गुफापोखरीलाई मुन्धुमी पर्यटकीय मार्गको रूपमा विकास गरिने


195
Shares

तेह्रथुम । पूर्वीपहाडी जिल्लाहरू तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय मार्गको रूपमा विकास गरिने भएको छ ।

पर्यटकीय हव भएका कारण पनि यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन थालिएको हाे । नेपाली मात्र नभई पदमार्गमा बाह्य पर्यटकको आकर्षण गराउन सकेमा आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने विश्वास समेत गरिएको छ ।

गुफापोखरीलाई पर्यटकीय हवको रूपमा विकास गरिने भएको छ । लोभलाग्दो प्राकृतिक सम्पदा, चिसो हावापानी, टलक्कै टल्कीने सेताम्मे हिमालको दृष्यावलोकन र वातावारणले गुफापोखरी चम्की रहे झै देखिन्छ ।

यहि गुफापोखरीलाई पर्यटकीय हवको रूपमा विकास गर्न विज्ञहरूको टोलीले यहाँको सम्भावना, जैविक विविधताको अध्यायन अन्वेषण गरी रहेको छ । नेपालको प्राकृतिक सम्पदाले विदेशीको ध्यान आकर्षित गर्न सक्ने भन्दै टोलीले चोम्लुङ पार्कदेखि तिनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, डोबाटे, गिद्धे, खम्बुले, सभापोखरी, तीन पोखरी, कालो पोखरी, साजुपोखरी र तोक्पेगोलाका स्थानहरूको अध्यायन गरी रहेको छ ।

आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बुु समुदायको मुन्धुम रैथानेहरूको ज्ञान अध्यायन र अनुसन्धानको पाटो बन्न सकोस् भन्ने उदेश्यका साथ मुन्धुमी पदमार्गको अध्ययन सुरू गरिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताउनुभयो । यहाँका खोलानाला, डाँडाकाँडा, प्रकृतिक जैविक विविधता र यहाँका हिमालहरू यहाँका आदिबासी जनजाती लिम्बुहरुसँग आस्था जोडिएकोलेको यहाँको पर्यवरण बचाई राख्ने उदेश्यले मुन्धुमी पदमार्गको अवधारण ल्याइएको हो ।

पूर्वमा बसोबास गर्दै आएका कुनै पनि जाती, धर्म, संस्कार, संस्कृति, कला साहित्य, बोटबिरुवा, वातारण, पशुपंक्षीको अध्ययन गर्दै विदेशी तथा स्वदेशी अनुसन्धान कर्ता तथा पदयात्रीहरूलाई समेत पर्यटक सूचक पर्यटन केन्द्रको रुपमा लालीगुराँस नगरपालिकालाई विकास गर्ने लक्ष्य राखिएको छ । नेपालको मुख्य पर्यटन ब्राण्ड प्रकृति, संस्कृति र साहसिक पर्यटन यी ३ वटै ब्राण्ड यो पदमार्गमा पाइने र पदमार्गलाई प्रवर्द्धन गर्न सरकारले पूर्वाधार विकासमा लागनी गर्न आवश्यक रहेको पर्यटन पत्रकार प्रदेश-१ का अध्यक्ष बिराट अनुपमको भनाइ छ।

पदमार्ग क्षेत्रको संरक्षणको अभावमा धेरै प्रजातिका जनावर र बिरुवाहरूका साथै पंक्षीहरू खतरामा पर्दै आएका छन् । कस्तुरी मृग, रातो पाण्डा, हिउँ चितुवाका बासस्थान मासिंदै गएको र ५ औंले, कुत्कीसहित अन्य धेरै जटीबुटी, वनस्पती पनि मासिंदै गएका छन् । मुन्धुमी पदमार्ग क्षेत्रमा गुराँसको घनाजंगल र विविधता रहेको लोपोन्मुख वन्यजन्तु पाईने वनस्पती विज्ञ कमल मादेनले बताउनुभयो ।

पदमार्गको अध्ययनसँगै पदमार्ग क्षेत्रमा गोठस्टे, खानेपानी र चौतारा लगायतका भौतिक पूर्वाधार निमार्ण गर्न सके पर्यटकको मुख्य रोजाईमा पर्ने अध्ययन टोलीको निष्कर्ष छ । नेपाली मात्र नभई पदमार्गमा बाह्य पर्यटकको आकर्षण गराउन सके यहाँको आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।