अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिदै « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिदै


3.068k
Shares

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् ।

उनले प्रेमी अजयसिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् । ‘हिजोआजका कुरा’को प्रिमियर जमघटका क्रममा उनले प्रेमी सार्वजनिक गरिन् ।

आफूहरु साथीभन्दा माथि रहेको स्वीकार्दै रिस्ताले चाडै विवाह बन्धनमा बाँधिन लागेको समेत बताइन । फिल्म ‘होस्टेल’ बाट अभिनय करिअर सुरु गरेकी रिस्ताले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर उनको फिल्मी करियर त्यति सफल हुन भने सकेन् ।

उनीहरूको विवाहको मिति तय नभएपनि यसै वर्ष विवाह हुने सम्भावना रहेको छ ।